अध्यादेश नेकपालक्षित होइन, नेकपा अझै बलियो बन्‍नेछ : योगेश भट्टराई

काठमाडौं, ९ वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सबैलाई धैर्य गर्न अपिल गर्नुभएकाे छ । सरकारले सोमबार सहजै पार्टी फुटाउन मिल्नेगरी अध्यादेश ल्याएपछि दल विभाजनसम्बन्धी अध्यादेशको गहिराइ बुझ्न आग्रह गर्नुभएकाे छ ।

‘कमरेडहरु, संयमित बनौँ, धैर्य गरौँ । जनमत, जिम्मेवारी र परिस्थितीले हाम्रो एकतालाई अझ सिमेन्टेड गर्नु पर्नेछ’, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ- ‘उचाल्ने, पछार्ने काममा नलागौँ, उत्तेजित नबनौँ। आजको निर्णय नेकपा लक्षित होइन।’

मन्त्री भट्टराईले नेकपा अझै बलियो बन्‍ने दाबी पनि गरेका गर्नुभएकाे छ । ‘नेताहरुको परिपक्‍वता र कार्यकर्ताहरुको सचेतनताले नेकपा अझै बलियो बन्‍नेछ’, उनले भनेका छन्, ‘सरकार सफल हुनेछ। पार्टी सफल हुनेछ। राष्ट्र, जनता र पार्टीको भबिस्य सुनौलो हुनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *