अपरान्ह ४ बजेपछि नेपालगञ्जमा लकडाउनको पूर्णपालना

नेपालगञ्ज , ८ वैशाख । सोमवार अपरान्ह ४ बजेपछि नेपालगञ्ज बजार सुनसान थियो । लकडाउनको २८ औं दिन जिल्ला प्रशासन कार्यालय बाँकेले अपरान्ह ४ बजेपछि औषधि पसल बाहेक पूर्णरुपमा पसल बन्द गर्ने भनेपछि बजार सुनसान देखिएको हो । बजार पूर्णरुपले बन्द छ भने बजारका चोकचोकमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तैनाथ अवस्थामा छन् ।

बजारका गल्ली गल्लीमा प्रहरीले निगरानी गरी आवतजावत गर्ने नागरिकलाई सोधपुछ गर्दै आएको छ । विना कारण लकडाउन उल्लंघन गर्ने नागरिकलाई प्रहरीले पक्राउ गरी कारवाही समेत थालेको छ ।

सोमवारदेखि औषधि पसल बाहेक कुनै पनि पसल नखोल्न जिल्ला प्रशासन कार्यालय बाँकेले निदेशन दिएको थियो । सोही अनुसार नेपालगञ्ज बजार सुनसान देखिएको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारद्धारा जारी लकडाउनको आदेशलाई प्रभावकारी बनाउन बाँके जिल्ला भर सोमवारदेखि औषधि पसल बाहेक अन्य सम्पूर्ण पसल व्यवसायहरु अपरान्ह ४ बजेदेखि पूर्णरुपमा बन्द हुने सूचना जारी गरेको थियो । साथै सूचनालाई उलङघन गरेको पाईएमा कानून बमोजिम कारवाही हुने समेत जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *