अफ्रिका कोरोना महामारीको नयाँ केन्द्र बन्न सक्ने

विश्व स्वास्थ सगठन (डब्ल्युएचओ) ले शनिवार अब अफ्किा कोरोना भाइरस महामारीको केन्द्रविन्दु बन्न सक्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्र संघका अधिकारीहरुले कोभिड १९ संकटको कारण अफ्रिकामा कमितमा ३ लाख मानिसको ज्यान जान सक्ने तथा झण्डै ३ करोड मानिस गरिबीको चपेटामा पर्ने पनि बताएका छन् ।

गत साता अफ्रिकामा अप्रत्यासित रुपमा कोरोना भाइरसको घटनामा वृद्धि भएको छ । अफ्किा भरि करिव १ हजार जनाको ज्यान गइसकेको छ भने १९ हजार जनामा संक्रमण फैलिएको छ । अहिले सम्म अफ्रिकामा युरोप र अमेरिकाको तुलनामा कमै क्षति पुगेको छ ।

संयुक्त राष्ट्र संघको अफ्रिकाका लागि आर्थिक आयोगले यस महादेशका लागि १ सय अर्व अमेरिकी डलर सुरक्षका लागि छुट्याउन आब्हान गरेको छ । डब्ल्युएचओले भाइरस अफ्रिकी मुलुकहरुका राजधनीबाट फैलिने बलियो संभावना रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *