अब कोशी अस्पतालबाट पनि थ्रोट स्वाबको परीक्षण गरिने

विराटनगर, २७ चैत । विराटनगर स्थित कोशी अस्पतालबाट पनि थ्रोट स्वाबको परीक्षण गरिने भएको छ । बिहीवार राजधानी काठमाण्डौबाट थ्रोट स्वाब टेष्ट गर्ने प्राविधिक र उपकरणहरुका साथै ५ हजार पीस ¥यापिड डायग्नोस्टिक टेष्ट आरडीटी किट हेलिकप्टरबाट विराटनगर ल्याइएपछि थ्रोट स्वाब थालिने भएको हो ।

यस अघि कोरोना भाइरस संक्रमित जाँच्न धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउनु पर्दथ्यो । कोशी अस्पतालमा रहेको पीसीआर मेशिनलाई प्रयोग गर्दै दैनिक ९६ जनाको स्वाब परीक्षण हुने भएपछि कोरोना भाईरसको संक्रमित पत्ता लगाउन सजिलो हुने प्रदेश नं। १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी शुक्रवार देखि मेचीनगरपालिका र भद्रपुर नगरपालिकामा रहेको क्वारेन्टाइनमा बस्नेहरुको ¥यापिड डायग्नोस्टिक टेष्ट शुरु गरिने भएको छ । कोरोना भाईरसको सम्भावित संक्रमित जाँच्न ¥यापिड डायग्नोस्टिक टेष्ट गर्ने गरिन्छ । यसमा पोजिटिभ देखिएका विरामीहरुको थ्रोट स्वाब लिएर थप कन्फर्म गर्न सकिने प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका निर्देशक डा. जयवेन्द्र यादवले जानकारी दिनुभयो । झापाबाट शुरु गरिने ¥यापिड डायग्नोस्टिक टेष्ट प्रदेशका १४ वटै जिल्लामा रहेका क्वारेन्टाइनमा बस्नेहरुको पनि गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *