अब जिटुजी वा निजी क्षेत्र दुवै माध्यमबाट मेडिकल सामग्री खरिद गर्न सकिने

काठमाडौं, २३ चैत । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले जिटुजी वा निजी क्षेत्र दुवै माध्यमबाट मेडिकल सामग्री खरिद गर्न सक्ने निर्णय गरेको छ ।

आइतबार सिंहदरवारमा बसेको समितिको बैठकले विपद् र माहामारीको समय भएकाले औषधि, उपकरणको खरिद सार्वजनिक खरिद ऐनको प्रावधान अनुसार जिटुजीमार्फत विदेशी सरकारबाट किन्न सक्ने निर्णय गरेको हो ।

यस्तै, कानूनमा तोकिएकै प्रावधानअनुसार प्रतिष्पर्धात्मक बाटोबाट निजी क्षेत्रबाट खरिद गर्न सक्ने गरी दुवै विकल्प अवलम्बन गर्ने बैठकले निर्णय गरेको छ । यसअघि अगाडि बढाइएको खरिद प्रक्रिया विवादित भएपछि सरकारले खरिद ऐनअनुसार जाने निर्णय गरेको छ ।

यस्तै, समितिको १७ औँ बैठकले प्रत्यक्षरुपमा सेवामा रहने कर्मचारीको बीमा र सुविधा व्यवस्थित ढंगले अघि बढाउने भएको छ । यसैगरी समितिले अहिले निर्धारण गरिएका क्वारेन्टाइन र राहत वितरणका मापदण्ड परिमार्जन गर्नुपर्ने देखिएकाले छिट्टै गृहकार्य गरेर परिमार्जन गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *