अब देखि बिहान दश बजेसम्म पसल खोल्न पाइने

काठमाडौं । काठमाडौंमा बिहान दश बजेसम्म पसल खोल्न पाइने व्यवस्था भएको छ ।लकडाउनमा उपभोक्तालाई सहजीकरण गर्न स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान दश बजेसम्म बजारमा किनमेल गर्ने व्यवस्था महानगरपालिकाले गरेको हो ।

लकडाउनको अवधी दश दिन थपिएकाले यो अवस्थालाई सामान्यतर्फ लैजानका लागि महानगरले किनमेलका लागि केही सहज वातावरण निर्माण गरेको जनाइएको छ । यसअघि बिहान ८ बजेसम्म मात्र किनमेल गर्न पाइने व्यवस्था रहेको थियो ।महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सामाजिक दुरी कायम गरेर बजारमा किनमेल गर्न महानगरबासीमा अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *