अब भक्तपुरमा पनि प्रवेस निषेध, आजबाट लाग्नुभयो यस्तो नियम !

भक्तपुर, रासस । विभिन्न जिल्लाबाट काभ्रे हुँदै उपत्यका भित्रिने सवारी साधनलाई भक्तपुर नाकाबाट प्रवेश निषेध गरिएको छ । को’भिड–१९ महा मारीको त्रासले उपत्यका छाडेर विभिन्न जिल्लास्थित आफ्ना घर घरमा गएका फेरि काठमाडौँ उपत्यका फर्कन थालेपछि भक्तपुर नाकामा अत्यावश्यक बाहेकका सवारी साधन प्रवेशमा निषेध गरिएको हो ।

पूर्वी र तराईका जिल्लामा को;रोना सङ्क्रमतिको सङ्ख्या बढेपछि अरनिको राजमार्ग, बिपीराजमार्ग, सिन्धुली बर्दिबास भएर काठमाडौँ फर्कनेको सङ्ख्या ह्वात्तै बढ्दा उपत्यकामा को;रोना सङ्क्र’मणको जोखिम बढ्ने भएपछि भक्तपुरको विभिन्न नाका भएर प्रवेश गर्ने सवारीसाधनमा रोक लगाइएको हो । पूर्वबाट आउने सवारी पास भएका साधनलाई समेत जगाती नाका र ताथली नाकाबाट फर्काउने गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

अस्पतालका गाडी, कर्मचारी, तरकारी, दूध, खाद्यान्न, सरकारले तोकेका सरकारी कर्मचारीबा हेकका सबैको सवारी साधनमा रोक लगाएको हो। निजी तथा साना गाडीमा यात्रु बोकेर आउने, बिरामी भनेर छदेखि १० जनासम्म आउने गरेपछि मङ्गलवारदेखि त्यस्ता गाडीलाई भक्तपुर र काभ्रेको नाका साँगाबाटै फर्काउने गरेको र त्यहाँबाट आए पनि जगाती चेक पोष्टबाट फर्काउने गरेको उहाँको भनाइ छ ।

कतिपय सवारी साधन काभ्रेको बनेपाबाट नाला हुँदै ताथली च्यामासिंह भएर उपत्यका भित्रिने भएकाले त्यस्ता सवारी साधनलाई ताथलीबाट आउने नाकाको चेक पोष्टबाट फर्काउने गरिएको उनको भनाइ छ । यो नाका भएर यसअघि दैनिक १०० देखि २०० वटासम्म गाडीमा उपत्यका छाडेर जाने भित्रिए पछि यो नाकामा कडाइ गरेको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले खाद्यान्न, पानी र एम्बुलेन्सजस्ता अत्यावश्यक सवारीसाधन बाहेक अरु साधनलाई नाकाबाट फर्काउने गरेको बताए ।

उनले भने, “विभिन्न जिल्लाबाट ई–पास बनाएर उपत्यकामा यात्रु बोकेर आउने सवारी साधनको सङ्ख्या बढ्यो, विभिन्न बाहना बनाउँदै त्यस्ता सवारीसाधन आउन थालेपछि त्यसलाई रोकेर नाकाबाटै फर्काउन थालेका छौँ, पास भएकालाई पनि प्रवेश दिँदैनौँ ।” अब कुनै पनि निजी तथा सार्वजनिक यातायातका साधनलाई भक्तपुर नाका भएर उपत्यका प्रवेश गर्न नदिने भएकाले यो नाका भएर नआउन प्रहरीले सार्वजनिक रुपमा नै अपिल गरेको छ ।

ठूलाविकास निर्माण आयोजनाको काम अगाडि बढाउने भएकाले त्यस्ता आयोजनाका लागि निर्माण सामग्री बोकेका पास भएका ढुवानीका साधनलाई भने रात्रीको समयमा प्रवेश दिईने भएको छ। जगाती नाका भएर उपत्यका पस्नेको जगाती नाकामा तापक्रम (ज्वरो) मापन र व्यक्तिगत विवरण संकलन कार्य पनि एकसाता अघिदेखि जारी छ ।

काभ्रेको नाका हुँदै ग्रामीण क्षेत्रका कच्ची बाटो हुँदै लुकेर उपत्यका छिर्नेलाई समेत विभिन्न प्रहरी पोष्टबाट रोक्न प्रहरी परिचालन गरिने भएको छ । दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अरु सवारी साधनलाई जुन सुकै नाकाबाट प्रवेश गरे पनि रोक्न सबै नगरपालिकामा रहेका प्रहरी प्रभागलाई समेत सर्कुलेशसन जारी गरिएको प्रहरीको भनाइ छ ।

अनावश्यक रुपमा पास लिएर एक जिल्लाबाट अर्का जिल्ला र एक प्रदेशबाट अर्को प्रदेशमा आवतजावत बढ्न थालेसँगै काठमाडौँ उपत्यकामा यात्रु बोकेर बाहिरी जिल्लाबाट गाडीको चाप बढ्न थालेको छ । जिल्ला जिल्लामा पास बढी बाँड्दा पनि समस्या देखिएको छ । त्यसैले उपत्यकामा प्रवेश गर्ने गाडी रोक्न प्रहरी सक्रिय भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *