अब यसरी बनाउन सकिन्छ अष्ट्रेलियाको पीआर सहज !

सहरको भीडबाट केही पर काम र दामको चाँजोपाँजो मिलाउन अन्तर्राष्ट्रिय विद्यार्थीलाई न्यू साउथवेल्स सरकारले ‘स्कील वर्क रिजनल’ भिसाको ब्यवस्था गरेपछि अबका दिनमा सीड्नी वरपरका ओलंघन, रिचमन्ड, ब्लु माउन्टेन क्षेत्र र सेन्ट्रलकोष्ट क्षेत्र नेपाली विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्ने भएको छ।

यतिखेर अस्ट्रेलियाले पीआरको विषयमा केन्द्रीय तहमा निकै कठोर खाले नीति कायम गरिरहेको बेला न्युसाउथवेल्स राज्यले घोषणा गरेको नयाँ नीति केही सहज र सरल देखिएको जानकारहरू बताउँछन्।

न्यु साउथवेल्स सरकारले अध्यागमनको नयाँ शैक्षिक नीति अनुरूप सीड्नी महानगर क्षेत्र बहिरको भुभागमा पढेर त्यहीँ बसोबास गर्ने विद्यार्थीले ४९१ स्कील वर्क रिजनल भिसा दिने निर्णय गरेसँगै अबका दिनमा सीड्नी नजिकै रहेको ओलंघन र रिचमन्ड क्षेत्रमा कलेज तथा अन्तरार्राष्ट्रिय विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्ने भएको छ।

यद्यपी डिसेम्बर अन्तिमसम्म प्रकाशित हुने पीआरको विषयगत सूची आउन बाँकी रहेकोले धेरै विद्यार्थी त्यसको पर्खाइमा छन्। आइटी, नर्सिङ, सोसीयल वर्क, हस्पीट्यालीटीलगायतका नियमित विषय यसमा पर्ने तर सधैँ रहँदै आएको एकाउन्टिङको सवालमा भने अझै स्पष्ट नभइसकेकाले कस्तो विषयगत सूची आउने भन्ने पर्खाइमा रहेको नेपाली विद्यार्थी सन्देश कटुवालले सेतोपाटीलाई बताए।

एनएसडब्लु सरकारको नयाँ शिक्षा नीति अनुरूप आएको यो योजना स्वागतयोग्य रहेको माइग्रेशन एजेन्ट विवेक थापाले बताए। कम्तीमा दुई वर्षको पढाइपछि विद्यार्थीले यो रिजनल स्कील वर्क भिसा र त्यसपछि अर्को तीन वर्षमा पीआर पाउनेछन्। यसका लागि भाषा परीक्षामा सात ल्याउन जरूरी हुन्छ। अन्तरार्राष्ट्रिय विद्यार्थीको हितमा आएको यो योजना नेपाली विलार्थीका लागि लाभदायी हुने थापाले तर्क गरे।

सरकारले शहरको भिडबाट केही पर शिक्षा उद्योग र विद्यार्थीलाई पनि काम र मामको जोहोका साथै आर्थिक विकासको विकेन्द्रिकरण योजनाका लागि यस्तो प्रस्ताव अघि सारेको हुनसक्ने ओपल कन्सलटेन्सीका निर्देशक विवेक थापाले बताए।

अहिले योजना सार्वजनिक भए पनि पीआर विषयगत लिष्ट सार्वजनिक नभएको अवस्थामा विद्यार्थी त्यसको पर्खाईमा रहेको थापाले बताए। ‘यो एउटा अवसर हो, जसलाई विद्यार्थीले सदुपयोग गर्नुपर्छ। किनभने रिजनल क्षेत्र सीड्नीबाट मात्र एक डेढ घन्टाको दुरीमा सुरू भएका छन्, जुन साच्चीक्कै सहज मान्नुपर्छ,’ उनले भने, सीड्रनीबाट सवा घन्टामा पुगिने ओलंघन र रिचमन्ड अनि सेन्ट्रलकोष्टका कयैन शहर विद्यार्थीका लागि अब नजिकको गन्तब्य बन्न सक्नेछन्।’

सीड्नीमा पढाइ पुरा गरेका विध्यार्थीको हकमा भने रिजनल न्यसाउथवेल्समा सम्वन्धित पढाइ र विषयगत काम पाएको खण्डमा यो ४९१ भिसा शुनिश्चीत रहेको माइग्रेशन एजेन्ट थापाले बताए। यो निर्णय आर्थिक विकेन्द्रिकरणको एउटा पाटो भएको लामो समयदेखि सञ्चालनमा रहेको किङ्गसटन कलेजका निर्देशक दिपक खनालले बताए। यसले यहाँका विद्यार्थीलाई स्थायीत्वको सवालमा त्यसतर्फ आकर्षित गराउँछ र जसका कारण व्यबसायी पनि त्यसतर्फ जान बाध्य हुन्छन्। यो विकासको सवालमा राम्रो शैक्षिक अवधारणा भएको किङ्गस्टन कलेजका निर्देशक खनालले सुनाए।

‘अन्तर्राष्ट्रिय विद्यार्थीको लागि ढोका खोल्ने हो भने यसले सबै क्षेत्रलाई राम्रो प्रभाव पार्ने भएकोले राज्यको नीति त्यसतर्फ केन्द्रीत हुनुपर्ने हुन्छ,’ खनालले भने। सरकारको यो निर्णयसँगै सीड्नीमा थुप्रीएका कयैन कलेज बिस्तारीत हुँदै ओलघंन र न्युक्यासल अनि रिचमन्ड पुग्नेछन्। अबका दिनमा ओलंघन क्षेत्र आसपास सम्भावनाको महत्वपूर्ण क्षेत्र रहेकोले त्यसतर्फ सबै आकर्षित हुने सिड्नीका वकिल खिलेन्द्रराज तिम्सीनाले बताए।

सेन्ट्रलमा मुख्य कार्यालय रहेको अस्ट्रेलियन नेशनल कलेज (एएनइ कलेज) पनि २०२१ को पुर्वसन्ध्यामा ओलंघनमा खोल्ने तयारी थालिएको तिम्सीनाले जानकारी दिए। बिस्तारै कस्दै लगेको स्थायीत्वको सवालमा एनएसडब्लु सरकारले ल्याएको यो नीति केहि खुकुलो र अन्तर्राष्ट्रिय विद्यार्थीको लागि हलुका रहेको खिलेन्द्रको तर्क छ। ‘दुई वर्ष पढ्ने र भिसा लिने अनि तीन वर्ष काम गर्ने भनेको सीड्नीको ग्रामिण भेगमा आर्थिक अभिवृद्धीका साथै व्यवशायीक कामदारको पूर्ति गर्नु पनि हो, यसले आर्थिक समन्वय कायम गर्ने हुनाले सरकारले यो नीति ल्याएको हो,’ तिम्सिनाले भने।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *