अमेरिकन आइडलको उत्कृष्ट सातमा पुगे दिवेश, यसरी भोट गर्नुहोस्

काठमाडौं । अमेरिकन आइडलको उत्कृष्ट सातमा नेपाली युवा दिवेश पोखरेल पुग्न सफल भएका छन्। दिवेशले आइतबार डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाएका थिए। आर्थर गन उपनामले चिनिने गायक पोखरेल अमेरिकन आइडलमा यो स्थानमा पुग्ने पहिलो नेपाली हुन्। ६ वर्षअघि अमेरिका पुगेका पोखरेल कन्सास राज्यको विचिटामा परिवारसँग बस्छन्।

काठमाडौंको एस कलेज इन्स्टिच्युटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दुई सातादेखि अमेरिकन आइडल घर–घरबाट प्रतिस्पर्धी, जज, संगीतकर्मी, सञ्चालक, प्रशिक्षकलाई जोडेर प्रसारण गरिँदैछ। दुई सातादेखि नै प्रतिस्पर्धीलाई भोट दिन मिल्ने भएको छ।

दिवेश पोखरेललाई भोट गर्ने तरीका यस्तो छ ।
पोखरेलको भोटिङ्ग कोड १६ रहेको छ। अमेरिकन आइडलमा एसएमएस, अमेरिकन आइडलको वेबसाइट र अमेरिकन आइडलको एप डाउनलोड गरेर भोट गर्न सकिने व्यवस्था मिलाएको छ। तीनवटा माध्यमबाट एकजनाले १० पटक गरेर ३० भोट गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *