अमेरिकाको सान फ्रान्सिस्कोमा दिउँसै रात परेपछि…

एजेन्सी, ३१ भदौ । संयुक्त राज्य अमेरिकाका क्यालिफोर्निया, ओरेगन र वाशिङ्गटनमा डढेलो लागेको छ ।क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोका मानिहसहरूले बिहान उठ्दा आकाशको रङ्ग नै बेग्लै पाएका छन। उक्त रङ्ग डढेलोको धुवाँको कारण बद्लिएको हो । दिउँसो नै रात परेको जस्तो देखिएको जनाइएको छ। बिहानको ११ बजेतिर पनि मध्यरातको जस्तै देखिएको बीबीसीमा उल्लेख छ ।

क्यालिफोर्नियाको उत्तरी भागमा लागेको डढेलोको कारण अकाश पूरै धुवाँले भरिएको छ । खरानी र धुवाँले सुर्यलाई ढाकेको छ । डढेलो क्यालिफोर्नियाको ८ हजार वर्गकिलोमिटरमा फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *