अमेरिकामा एक पाँच वर्षीय बालक आफैँले गाडी चलाएर अर्को नयाँ महँगो गाडी किन्न हिडेपछि…

एजेन्सी, २४ वैशाख । अमेरिकाको यूटा राज्यमा एक पाँच वर्षीय बालक गाडी चलाएर अर्को नयाँ गाडी किन्न हिडेका छन् ।गाडी किन्न जाँदै गर्दा बालकलाई प्रहरीले देखेपछि नियन्त्रणमा लिएको छ । खल्तीमा तीन डलर बोकेर आफू महँगो गाडी किन्न जान लागेको बालकले प्रहरीलाई बताएका छन् । नियन्त्रणमा लिएका उनले आफू गाडी किन्नका लागि अर्को राज्यतर्फ जान लागेको प्रहरीलाई बताएका छन् ।

बीबीसीका अनुसार पाँच वर्षीय एड्रीअनले आफ्नो आमालाई कम्तीमा एक लाख ८० हजार डलर पर्ने ल्याम्बोर्गीनी गाडी किनि दिन अनुरोध गर्दा आमाले नमानेपछि रिसाएर आफै गाडी किन्न हिडेको जनाएका छन् ।

एड्रीअनले सडकको नियम पालना नगरी गाडी गुडाएका थिए । त्यसैले उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । तर पाँच वर्षीय बालक चालक देख्दा प्रहरी नै छक्क परेका छन् । प्रहरीका अनुसार बालक आफ्नो घरबाट पाँच मिनेटको दूरीमा पुगेका थिए ।आमा बुबा काममा गएको समयमा एड्रीअन गाडि लिएर हिडेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *