अमेरिकामा कोरोनाले चुडेको पहिलो नेपाली महिला : रत्नावती खनाल

एजेन्सी, २१ बैशाख । गत नोभेम्बर देखि चीनबाट शुरु भएको घातक कोरोना संक्रमण रोग (कोभिड १९) को खुलासा गर्ने युहानका डाक्टरको को;रोना भाइरसकै कारण मृ’त्यु भएको थियो । उनले गत डिसेम्बरमा सार्सजस्तै खतरनाक रोग आउन लागेको भन्दै सर्वसाधारणहरुलाई चेतावनी दिएका थिए । को;रोनाका कारण मर्ने पहलो व्यक्ती युहान शहरका ६१ वर्षीय पुरुष थिए ।

उनको मृ’त्यु मार्च ११ मा भएको थियो । यो को;रोना संक्रमण रोगबाट अमेरिकामा मर्ने पहिलो व्यक्ती वासिंटन राज्यको किङ काउन्टीका ७० वर्षीय पुरुष थिए। तर को;रोना भाइरसबाट ज्या’न गुमाउने पहिलो अमेरिकन नागरिकको निधन चाहीँ चीनमा नै भएको थियो । अमेरिकामा को;रोनाको प्रकोप बढ्दै गएपछि नेपालीहरुको बाहुल्यता रहेको न्युयोर्क शहरमा पहिलो नेपाली ५० वर्षीय अनिल लिम्बुको दे’हावसानको खबरले अमेरिकाली नेपाली समाजलाई स्तब्ध पारीदिएको थियो ।

कोभिड १९ रोगको प्रकोप बढ्दै गएपछि अहिलेसम्म अमेरिकामा १५ जना नेपाली (दुईजना भुटानी नेपाली सहित), बेलायतमा २५ जना, पोर्चुगलमा एक, आयरल्याण्डमा एक, नेदरल्याण्डमा एक जनाको दे’हवसान भएको छ । यसरी को;रोनाका कारण मर्नेहरुमा पहिलो नेपाली महिला कोलोराडो, अमेरिकाकी रत्नावती खनालको दे’हावसान अप्रेल १६ मा भएको थियो । त्यसपछि नेदरल्याण्डकी ४० वर्षीय लक्ष्मी भट्टचनको मृ’त्यु अप्रेल १९ मा भएको थियो । खसोखास खबरडटकमवाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *