अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, संक्रमण बढ्दाे

एजेन्सी, २९ फागुन । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण ज्यान गुमाउनेको दिनहुँ बढ्दै गएको छ । विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वल्र्डओमेटर्सडटइन्फोका अनुसार बुधबार थप ८ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोरना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

कोरोना भाइरस उद्गम स्थल चीनमा संक्रमण दर घट्दै गइरहेको बेला अमेरिका भने बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टाभित्र मात्रै अमेरिकामा तीन सय २८ जनालाई कोरोनाको संक्रमण देखा परेको वल्र्डओमेटर्सडटइन्फोले जनाएको छ । कोरोना भाइरसका कारण अमेरिकामा मंगलबार चार जनाको मृत्यु भएको थियो भने सामबार पाँच जनाको मृत्यु भएको थियो ।

वल्र्डओमेटर्सडटइन्फोको अनुसार यो समाचार तयार परिसक्दासम्म अमेरिकामा एक हजार तीन सय २२ जनाको कोरोनाको संक्रमण देखिएको छ । ९ जना जटिल अवस्थामा छन् भने २५ जना पूर्ण रुपमा निको भइसकेका छन् । विश्वव्यापी रूपमा, कोरोना सङ्क्रमित व्यक्तिको संख्या एक लाख २६ हजार नाघिसकेको छ ।

यस रोगबाट हालसम्म ४ हजारभन्दा ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । वल्र्डओमेटर्सडटइन्फो अनुसार ६८ हजार २ सयभन्दा बढी पूर्ण रुपमा निको भएका छन् भने ५ हजार ७ यसभन्दा बढी जटिल अवस्थामा छन् । गत डिसेम्बरको अन्तिमतिर चीनको उहानबाट फैलिएको यो भाइरस अहिले १ सय २० भन्दा बढि मुलुकमा फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *