अमेरिकी राष्ट्रपति ट्रम्प भगवानको शरणमा, हिन्दू पण्डित बोलाएर वेद पाठ गराए

काठमाडौं। कोरोनाभाइरसका कारण अमेरिका अत्यन्तै प्रभावित भएको छ । यही बीचमा परेको राष्ट्रिय प्रार्थना दिवसको अवसर पारेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा वेद पाट गराएका छन् । उनले हिन्दू पण्डित बोलाएर यजुर्वेदको एक अंश ‘शान्ति पाठ’ गराएका हुन् । शान्ति पाठको भिडियो सामाजिक संजालमा शेयर गरिएको छ ।

रोज गार्डेनमा भएको वैदिक शान्ति पाठमा कोरोना महामारीबाट प्रभावित मानिसहरुको कुशलताको प्रार्थना गरिएको थियो । न्यू जर्सीको बीएपीएस स्वामीनारायण मन्दिरका पुजारी हरीश बह्माभट्टलाई ट्रम्पले प्रार्थनाका लागि आमन्त्रित गरेका थिए । प्रार्थनामा अन्य धर्मका प्रतिनिधिहरु पनि उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *