अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाए नेपाललाई बधाई सन्देश

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र नेपाली जनताका नाममा बधाई सन्देश पठाएका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र समग्र नेपाली जनतालाई बधाई सन्देश पठाएका हुन् ।

परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले संविधान दिवसका अवसरमा नेपाललाई बधाई सन्देश पठाएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *