अर्काकाे दल फुटाउन अध्यादेश ल्याएकाे भए त्याे झन् ठूलाे अपराध : खगेन्द्र संग्रौला

काठमाडौं, ९ वैशाख। लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको दल फुटाउन विधेक ल्याएको भए झन ठूलो अपराध हुने बताएका छन्।

सामाजिक सञ्जाल ट्वीरमार्फत संग्रौलाले प्रधानमन्त्री एक प्रकारले अन्य दलको पनि अभिभावक हुन् भन्दै उनले अर्काको दल फुटाउन विधेक ल्याएको भए झन ठूलो अपराध हुने बताएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ यो लोकतन्त्रका प्रधानमन्त्रीको होइन, भुँडुवा, गुण्डा, दलाल, अपराधीको बोली हो। जगत् कान थापेर सुनोस् ओली सर चिनिने अस्सली बोली।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *