अर्काका लागि पैशा उठाइदिने रागब यति बेला जिबन बचाई दिन अपिल गर्दै

बेलबारी / मादल, ढोलक, तवलाको साथ लिएर पैशा संकलन गरेर बिद्यालय, क्यामपस, मठमन्दीरका भवन बनाउन तथा अक्षयकोषको स्थपना गरीदिने एक ब्याक्ति आफै थला परेपछि सहयोगको याचना गर्न थाल्नु भएको छ ।

यी हुन् बेलबारी नगरपालिका वडा नम्बर –९ का रागव राजबशी फुपा । उहा फुपा नामले परिचित हुनुहुन्छ । यति वेला रोगका कारण आफै थला परेपछि उपचार गरि जीवन रक्षा गरि दिन आग्रह गर्न थाल्नु भएको हो । विगत २० बर्ष देखी साप्ताहा पुरानमा ढोलक, मादल, तवला भजन गाउने राजवशिले देश र समाजका लागि फाइदा हुने सडक निर्माण, क्यामपस भवन, बिद्यालय भवन, अतिथि सदन, खेल मैदान जस्ता बिकास निर्माणका लागि पैशा सकल्न गर्न ठुलो मदत गर्नु भयो ।

कुवेर सुवेदी, घन्श्याम दाहाल,उदय दाहाल, केवल कृष्ण अधिकारी, कृष्ण कोइराला, टहल किसोर जि महाराज तथा तारा घिमिरे लगायतका पन्डीतहरुको टोलिको भजन कृतन समुहमा रहेर काम गर्नु भएका राजवशि यति बेला भने आफनो जिवन बचाई दिन अरु सँग हात फैलाउन थाल्नु भएको छ । जसरि साथि भाइले माया गर्नुहुन्थ्यो आज उहाँले पैसा नकमाए साथि भाईले सहयोग गरे आशा बोकिरहनु भएकाे छ ।

५५ बर्षीया रागब कलेजोको क्यानसर भएर बिएन्सी अस्पतला बिर्तामोडमा उपचार गराईरहनु भएको छ । विगत ७ महिना देखी उपचार गराई रहनु भएका रागवको अहिले ७ लाख भन्दा बढि खर्च भईसकेको छ । उहाँको उपचारका लागि कति खर्च लाग्छ भन्ने अहिले सम्म पनि टुगो छैन । उहाँका १ श्रीमति ४ वहिनि छोरी, १ भाई छोरा रहेका छन ।

यति बेला राजबंशी परिवार पिडामा छन् । भए जति सबै खर्च गरि सके श्रीमानलाई बचाई दिन श्रीमतिले समेत सवैसँग आग्रह गरीरहेकी छन । रागव सगै भजन गाँउने बिक्रम बास्तोला भन्नुहुन्छ उहाँले आफना लागि भन्दा पनि अर्काको लागि धेरै खटनु भयो अब त्यसको गुन राज्य र समाजले तिर्नु पर्ने बताउनु हुन्छ ।

अहिले अभियाननै थालेर रागव बचाउ नामनै दिएर स्थानिय वासिन्दाले समितिनै बनाएर आर्थीक संकलन गर्न थालेका छन् । गगाँ श्रेष्ठको संयोजक्तोमा सहयोग समितिनै खोलिएको छ । लुम्बिनि बिकास बैकको खाता नम्बर ०६२००१२०१५९५५३०००००१ मा रकम जम्मा गरी रागवको उपचारमा सहयोग गरीदिन समितिले आग्रह गरीरहेको छ । रागव बचाउ अभियानका अनुसार अहिले सम्म, बेलबारी नगरपालिका, विभिन्न संघ सस्था, नेकपा बेलबारी, टोल विकास सस्थाहरुले सहयोग गरेका छन । तपाइले गरेको सानो सहयोगले रागव राजबंशीको ज्यान जोगाउन सकिन्छ ।

-janacharchatimes.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *