अस्ट्रेलिया लकडाउन हुँदा ७ लाख ८० हजारले रोजगारी गुमाए

कोरोना भाइरस ‘कोभिड १९’ को प्रकोपपछि अस्ट्रेलिया लकडाउन हुँदा ७ लाख ८० हजारले रोजगारी गुमाएका छन्। अस्ट्रेलिया सरकारले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार गत मार्च १४ देखि अप्रिल ४ सम्मको अवधिसम्म अस्ट्रेलियामा पुरा रोजगार गरिरहेका मानिसमध्ये ६ प्रतिशतको जागिर गुमेको छ।

अस्ट्रेलियाको तथ्यांक विभागका अनुसार फेब्रुअरी २० सम्ममा अस्ट्रेलियामा १ करोड ३० लाख मानिस रोजगार थिए। तर कोरोनाको त्रासपछि व्यापार र व्यवासाय ठप्प भएपछि त्यहाँ ७ लाख ८० हजार बेरोजगार हुन पुगे।

२० वर्ष मुनीका मानिसहरु धेरै जागिरबाट निकालिएको बताइएको छ। भिक्टोरिया र तास्मनीया क्षेत्रमा धेरै रोजगार कटौती भएको विभागको भनाइ छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *