अस्पताललाई हारगुहार गर्दागर्दै ज्यान गयो विरामीको

विराटनगर १९ चैत । कोरोना भइरसको संक्रमणबाट बच्न संघर्ष गरिरहेको बेला ज्वरो आएका विरामीलाई निजी अस्पतलले हेर्न नमान्दा एक विरामीको अकालमा मृत्यु हुन भएको छ । धनकुटा महालक्ष्मी नगरपालिका ५ की नरदेवी गुरुङ वेहोस भए पछि धनकुटा क्लिनिक हुदैं आफन्तहरुले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याएका थिए । उनलाई आइसीयुमा राखेर उपचार गर्नुपर्ने भएकाले आइसीयु खालि नभएको भन्दै धरानबाट विराटनगर स्थित न्यूरो अस्पताल रेफर गरियो ।

उनलाई न्यूरोले पनि विराट नर्सिङ होम रेफर गर्यो तर सो अस्पतलले विरामी भर्ना लिन मानेन र नोवेल अस्पताल रेफर गरिदियो त्यसपछि विरामीलाई नोबेल मेडिकल कलेज विराटनगर लगेको आफन्तहरुले बताएका छन् । उनीहरुले भने विभिन्न अस्पताल डुलाउँदा डुलाउँदा विरामी निकै सिकिस्त भइसकेको र हार गुहार गरे पछि नोवेल अस्पतालले भर्ना लियो ।

धेरै वटा अस्पताल डुलाउँदा डुलाउँदा ५२ बर्षीया नरदेवीलाई भर्ना भएको डेढ घण्टा पछि नोवेल अस्पतालले मृतक घोषणा गरेको थियो । समयमा उपचार गर्न पाएको भए वचाउन सक्ने भन्दै विरामी ढिलो आएका कारण बचाउन नसकिएको नोवेल अस्पतालले जाकारी दिएको छ । अस्पताललको लापरवाहीका कारण आमा गुमाउनु परेको भन्दै नरदेवीकी छोरी लक्ष्मी गुरुङले यस्ता अस्पतालहरुलई कारवाही गर्न माग गरेकी छिन् ।

वेहोस भएपछि अस्पताल डुलाउँदा डुलाउँदा नरदेवीलाई १०२ डिग्री ज्वरो आएको र ज्वरोको कारण अस्पतालहरुले उपचार गर्न नमानेको उनका आफन्तहरुले बताए । उच्च रक्तचापका कारण उनी वेहोस भए पछि अस्पताल ल्याइएको हो । ज्वरो आएपछि अस्पतालहरुले नहेरेका कारण समयमा उपचार नपाएर उनको मृत्यु भएको हो ।

यो घटना पछि निजी अस्पतालको लापरवाहीको घटनाको बारेमा प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले निजी अस्पतालहरुलाई सजग गराउने र अस्पतालमा आएका विरामी हेर्न निर्देषन दिने जानकारी दिनु भयो । उहाँले यदि निजी अस्पतालहरुले लापरवाही गरेको पाइएमा कारवाही गर्ने चेतावनी समेत दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *