आइतबारबाट शेयर कारोबार खुल्ने

सरकारले वित्तीय क्षेत्रको लागि पनि लकडाउन केहि खुकोलो पार्ने निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बैंक तथा वित्तीय क्षेत्र, बिमा र धितोपत्र तथा सहकारी संस्था खुलाउने निर्णय गरेको हो ।

बैठकले बैंक तथा वित्तीय क्षेत्र, बिमा र धितोपत्र तथा सहकारी संस्था मार्फत हुने अति आवश्यक सेवा प्रवाह गर्न दिने निर्णय गरेको हो । सरकारले यी सेवा कार्यालयमा रहेका बढीमा एक तिहाई कर्मचारीबाट हुने ब्यबस्था मिलाउने र यसको लागि आवश्यक पर्ने कर्मचारीलाई सरकारले पासको ब्यबस्था गर्ने भएको छ ।

यस संगै आगामी आइतबारबाट शेयर कारोबार खुल्ने भएको छ। नेपाल स्टक एक्सचेन्चप्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले आइतबारबाट कारोबार खुला गरिने बिजपाटीलाई बताए । उनले बजार खुल्ने भएपनि त्यसको मोडालिटीबारे तय भई नसकेको बताए । उनले भने ‘ बजार कसरी खोल्ने, कति समय खोल्ने, के के ब्यबस्था गरेर खोल्ने, सावधानीका उपायका भन्ने विषय छलफल गर्न बाँकि छ, छलफलपछि मात्र मोडालिटी तय हुन्छ’ ।

उनका अनुसार यस बारे नेपाल धितोपत्र र नेप्सेबीच बिहिबार छलफल हुने तय भएको छ । त्यस छलफलले बजार संचालनको मोडालिटी तय गर्ने भएको छ । यस अघि पनि नेप्से र धितोपत्र बोर्डले लकडाउन केहि खकुलो भएमा बजार संचालन हुने भएकोले तयार अवस्थामा रहन आग्रह गरेका थिए ।अहिलेको अवस्थामा कारोबार समय छोट्याएर बजार खुल्ने सम्भावना बढी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *