आइफोन १२ सिरिजको मूल्य र डिटेल्स लिक !

काठमाडौं, १९ बैशाख । एप्पलले आफ्नो आगामी स्मार्टफोन आइफोन १२ सेप्टेम्बरमा सार्वजनिक गर्नेछ । केही समय अगाडि पनि एप्पलले मिड रेञ्ज आइफोन एसई सार्वजनिक गरेको थियो ।

यसैबीच एप्पलको आगामी स्मार्टफोन आइफोन १२ को मूल्य, डिजाइन र स्पेसिफिकेसन्सहरु लिक हुन थालेका छन् । रिपोर्टका अनुसार आफोन १२ प्रोको मूल्य ९९९ डलर तोकिनेछ ।

उक्त फोनमा ६.१ इञ्चको डिस्प्ले दिइनेछ । टप भेरियन्टको नाम आइफोन १२ प्रो म्याक्स हुनेछ । उक्त फोनमा ६.७ इञ्चनको डिस्प्ले दिइनेछ, भने मूल्य १,०९९ डलर तोकिनेछ ।

आइफोन ११ को आगामी भेरियन्ट अर्थात् आइफोन १२ मा ६.१ इञ्चको डिस्प्ले दिइनेछ, जसको सुरुवाती मूल्य ७४९ डलर तोकिने बताइएको छ । रिपोर्टका अनुसार आइफोनको उक्त दुवै मोडलमा फाइभ जी ससोर्ट दिइनेछ ।यसका साथै, दुवैमा ओलेड प्यानल दिइनेछ । तर, यस अगाडिको आइफोन ११ मा एलसीडी डिस्प्ले दिइएको थियो ।

आइफोन १२ को लागि दुई वटा स्क्रिन भेरियन्ट दिइनेछ । जसमध्ये एउटा ६.१ इञ्चको डिस्प्ले हुनेछ, भने अर्को ५.४ इञ्चको हुनेछ । आइफोन १२ सिरिजको सबै भेरियन्टमा ओलेड डिस्प्ले दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *