आज ह्वातै घट्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य एकैदिन ७ सयले घटेर ९१ हजारमा पुगेको छ। बुधबार हालसम्मकै उच्च मूल्य ९१ हजार ७ सय प्रतितोलामा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेको छ। त्यसको असर नेपालमा पनि देखिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको मूल्य १० रुपैयाँले घटेर ९ सय ५० रुपैयाँमा कायम छ। अघिल्लो दिन चाँदी ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *