आफ्ना घरकाे २ लाख ५१ हजार भाडा मिनाहा गर्ने यी घरबेटीको घोषणा

म्याग्दी। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले गरेको लकडाउनले व्यवसायमा असर गरेको छ। यसै कारण म्याग्दीका एक स्थानीय तहका प्रमुखले चैत्र १० देखि वैशाख १० गतेसम्मको घरभाडा मिनाहा गरेका छन् ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बेनीको कालिपुल, वारीबेनी, पोखरा र काठमाडाैँमा रहेका आफ्ना घरमा व्यवसाय गर्ने र कोठा भाडामा बस्नेहरुको एक महिनाको किरब २ लाख ५१ हजार भाडा मिनाहा गरेका हुन् ।

कोरोनाको सन्त्रास र लकडाउनपछि हरेक घरधनीको जिम्मेवारी आफ्नो घरमा बस्नेहरुलाई सम्मान गर्नु रहेकाे बताउँदै उनले आफूले एक महिनाको भाडा मिनाहा गरेको जानकारी दिए ।‘कोरोनाको सन्त्रासले समाज आतंकित भइरहेको बेला मानवीय दायित्व पूरा गर्ने प्रयास गरेको छु । यस्तो बेलामा हुने सहयोगले ठूलो राहत मिल्ने अपेक्षा गरेको छु।’ भण्डारीले भने ।

कोरोना विरुद्धको अभियानमा गाउँपालिकाको कोषमा समेत व्यक्तिगत ४ लाख सहयोग गरेका भण्डारीले कोरोनाविरूद्ध नागरिकको भूमिका सबैभन्दा ठूलो हुने भएकाले लकडाउनलाई पालना गरी घरमै बस्न समेत अनुरोध पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *