आमाको किरिया धार्चुलाको भारतीय क्वारेन्टाइनमा नै बस्न विवश युवालाई घर ल्याइने

काठमाडौं, ०४ बैशाख । आमाको किरिया धार्चुलाको भारतीय क्वारेन्टाइनमा नै बस्न विवश युवालाई घर ल्याइने भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–१, भलाँचका बासुदेव भट्टको आमाको निधन हुँदा पनि स्वदेश फर्किन नपाएपछि उनी भारतको धार्चुलास्थित आश्रय स्थलमा नै किरिया बस्न विवश बनेका थिए ।

भट्टको विषयमा समाचार सम्प्रेशन भएपछि गृह मन्त्रालयले उनलाई घर फर्काउनका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको छ । गृह मन्त्रालयको निर्देशनसँगै जिल्ला प्रशासनले भट्टलाई घर पु-याउने तयारी थालेको छ ।

भट्टलाई आजै घर पुरयाउने व्यवस्था गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भट्टलाई घर पु-याउनका लागि शैल्यशिखर नगरपालिकाको टोली गाडीसहित गएको जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *