इजरायलका राष्ट्रपतिले ओलीलाई भने : नेपाली आफन्त जस्तै बसेका छन्, चिन्ता नलिनू

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली इजरायलमा रहेका नेपालीबारे चासो व्यक्त गरेका छन्। प्रधानमन्त्री ओली त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिन आज इजरायलका राष्ट्रपति रूवेन रिवलिनसँग टेलिफोन संवाद गरेको प्रधान मन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले ट्विटमार्फत पनि यसबारेमा जानकारी दिएका छन् ।

इजरायलमा रहेका नेपालीको सुरक्षा र कल्याण बारे चासो राखेको उनले उल्लेख गरेका छन् । जवाफमा राष्ट्रपति रिवलिनले नेपाली आफन्त जस्तै बसेका छन् चिन्ता नलिनु आग्रह गरेका छन् । ‘आज मेरो इजरायलका महामहिम राष्ट्रपति रूवेन रिवलिनसँग टेलिफोन संवाद भयो । मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणको बारेमा चासो राखेँ । उहाँले नेपालीहरू आफन्तजस्तै बसेका हुँदा चिन्ता नलिन भन्नुभयो’ प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन् ।

उनले नेपाल-इजरायल दौत्य सम्बन्धको ६०औँ वर्षगाँठ मनाउने विषयमा पनि छलफल भएको बताए। त्यस्तै इजरायलको विशेष रूपमा कृषि क्षेत्रको प्रविधि हस्तान्तरण गर्ने विषयमा पनि उनीहरू बीच कुराकानी भएको छ। को;रोना वि’रुद्ध मिलेर लड्ने र त्यसपछि आर्थिक पुनर्रुत्थानको लागि पनि मिलेर काम गर्ने विषयमा पनि दुवै बीच संवाद भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *