इटलीको राष्ट्रिय टिमबाट खेल्दै नेपाली फुटबल खेलाडी

काठमाडौं। युरोपमा फुटबल खेल्ने सपना हरेक फुटबलरको हुन्छ। फुटबलमा अब्बल मानिएका दक्षिण अमेरिकी देशहरु ब्राजिल, अर्जेन्टिना, उरुग्वे लगायतका देशका खेलाडीहरु पनि युरोपमैफुटबल खेल्छन्। दक्षिण अमेरिकाका स्टार खेलाडी हरु लियोनेल मेस्सी, नेयमार, लुइस सुआरेज, एडिसन कभानी, सर्जियो अगुएरो लगायत सयौं खेलाडीहरु युरोपमा व्यवसायिक फुटबल खेल्छन् ।

यस्तोमा नेपाली खेलाडीले युरोपमा अवसर पाउनु निकै ठूलो उपलब्धी मानिन्छ । एक नेपाली युवा भने अहिले युरोपमा व्यव सायिक फुटबल खेलि रहेका छन् । उनले ४ पटकको विश्व कप वि’जेता टोलीको राष्ट्रिय टिमको प्रति निधित्व गर्छन् । नेपाली युवा खेलाडी विकास मेराग्लिया इटलीको यु–१९ राष्ट्रिय टिमबाट फुटबल खेल्छन् । २१ नोभेम्बर २००२ मा काठमाडौंमा जन्मिएका विकासले १७ अक्टोबर २०१७ मा इटलीको उमेर समूह अन्तर्गतको राष्ट्रिय टिममा डेब्यू गरेका हुन् ।

उनलाई प्रशिक्षक ड्यानियल जोराट्टोले इटलीको राष्ट्रिय टिमको जर्सीमा मैदानमा उतारेका थिए। ६ पटक विश्वकपको फाइनल खेरेर ४ पटकको विश्वकप विजेता र २ पटकको उपविजेता इटलीबाट खेल्ने उनी क्लव फुटबलमा इटलीकै क्लव एटलान्टामा छन्। १ जुलाइ २०१९ मा एटलान्टाबाट लोनमा भेनेजिया क्लवमा गएर खेलिरहेका विकासको लोन आगामी जुन ३० मा सकिनेछ र उनी पुनः एटलान्टा फर्किनेछन् ।

इटलियन मिडिया ला नुओभाका अनुसार उनलाई इटलीको बेलुनो परिवारले अभिभावकत्व लिएर इटली पुर्याएका थिए। पहिलो पटक फेल्त्रेसेको जर्सी लगाएर फुटबल करिअरसुरु गरेका विकासले अवसरको सदुपयोग गरेपछि उनी व्यवसायिक फुटबलमा स्थापित भए का हुन् । विकाससँग नेपाली र इटलियन दुवै पासपोर्ट छ । विकास ेन्ट्रल स्ट्राइकर हुन् जो सेकेण्ड स्ट्राइकरको रुपमा पनि खेल्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *