इटलीमा आधिकारिक आँकडाभन्दा बढी मानिसको मृत्यु भएको दाबी

कोभिड–१९ भाइरसका कारण इटलीमा आधिकारिक आँकडाभन्दा बढी मानिसको मृत्यु भएको एक रिपोर्टमा दाबी गरिएको छ । देशले सबै मृत शरीरको परीक्षण गर्नका लागि स्रोतसामग्री छुट्ट्याउन नसक्ने भएकाले मृतकको संख्या अझ बढी रहेको दाबी छ । युरोपमा भाइरसको केन्द्रविन्दु बनेको इटली अन्य देशभन्दा बढी मानिसको मृत्यु भएको छ । अहिलेसम्म त्यहाँ १३ हजार ९१५ जनाको मृत्यु भइसकेको छ ।

मिलान नजिक रहेको कोच्चाग्लिओमा एउटा नर्सिङ होममा मार्च महिनामा २४ जनाको मृत्यु भएको तर कसैलाई पनि कोरोनाभाइरसको परीक्षण नगरिएको द वाल स्ट्रीट जर्नलले खबर दियो । नजिकैको लोदी शहरमा रहेको वृद्धाश्रमको हालत पनि त्यही भएको उसले लेख्यो । उक्त पत्रिकाले इटलीको सबभन्दा प्रभावित क्षेत्र लोम्बार्डीमा भएका मृत्युको विश्लेषण गर्दै मर्नेमध्ये धेरैजसोले अस्पताल गएर परीक्षण नगराएको लेख्यो ।

यसको अर्थ हुन्छ, भाइरसका कारण मर्ने मानिसहरूको संख्या देखिएको भन्दा निकै बढी छ । दुर्गम क्षेत्रमा रहेका वृद्धहरू र स्वास्थ्य सेवामा आएको संकटका कारण उपचार नपाएका मानिसहरू भाइरसजन्य मृत्युमा गणना नै नभएका समाचारमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *