इटलीमा कोरोना भाइरसकाे भयावह स्थिति, ६ दिनमै ७७८ जनाको मृत्यु

एजेन्सी, २९ फागुन । विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस (कोभीड १९)को उद्गम स्थल चीनमा संक्रमण दर घट्दै गइरहेको बेला युरोपेली मुलुक इटालीमा भने तिव्र रुपमा फैलिरहेको छ । अहिले इटलीमा कोरोना भाइरसले भयावह स्थिति सिर्जना गरेको छ । पछिल्लो २४ घण्टामा मात्रै इटालीमा १९६ जनाको मृत्यु भएको छ भने २ हजार ३१३ जना नयाँ संक्रमित भेटिएको छ ।

विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डाे मिटरर्स डट इन्फोका अनुसार यो समाचार तयार परिसक्दास्म्म इटालीमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ८२७ पुगेको छ भने १२ हजार ४६२ जनामा संक्रमण देखा परेको छ । वर्ल्डाे मिटरर्स डट इन्फोका अनुसार अहिले एक हजार २८ जना जटिल अवस्थामा रहेका छन् भने एक हजार ४५ जना पूर्णरूपमा स्वास्थ्य भएका छन् । इटालीमा पछिल्लाे ६ दिनमा ७ सय ७८ जनाको मृत्यु भएको वर्ल्डाे मिटरर्स डट इन्फोले जनाएकाे छ ।

गत बिहीबारसम्म इटालीमा जम्मा ४९ जनाको मात्रै मृत्यु भएको थियो । वर्ल्डाे मिटरर्स डट इन्फो अनुसार इटालीमा शुक्रबार १०७, शनिबार ४९, आइतबार १३३, सोमबार १२५, मंगलबार १६८ र बुधबार १९६ जनाको मृत्यु भएको छ । विश्वव्यापी रूपमा, कोरोना सङ्क्रमित व्यक्तिको संख्या एक लाख २६ हजार नाघिसकेको छ । यस रोगबाट हालसम्म ४ हजारभन्दा ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । ६८ हजार २ सयभन्दा बढी पूर्ण रुपमा निको भएका छन् भने ५ हजार ७ यसभन्दा बढी जटिल अवस्थामा छन् ।

गत डिसेम्बरको अन्तिमतिर चीनको उहानबाट फैलिएको यो भाइरस अहिले १ सय २० भन्दा बढि मुलुकमा फैलिएको छ । चीनपछि सबैभन्दा बढी कोरोनाको सामना गरिरहेको देश इटाली नै हो । यसरी कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि इटली सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ । ६ करोड जनसंख्या भएको इटलीका सबै बासिन्दालाई घरभित्रै बस्न त्यहाँका प्रधानमन्त्री जुजेप्पे कोन्टेलेले निर्देशन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *