इटालीमा कोरोना संक्रमणबाट एक सय चिकित्सकको मृत्यु

रोम : कोरोना भाइरसको महामारीको चपेटामा परेको इटालीमा एक सय जना चिकित्सकको संक्रमणबाट मृत्यु भएको छ । गत फेब्रुअरीदेखि यही बिहीबारसम्म एक सय चिकित्सकको मृत्यु भएको हो ।

इटालीको सरकारले महामारीको बेला सेवा आह्वान गर्दै सेवा निवृत्त भएका चिकित्सकलाई समेत गत महिना बोलाएको थियो । त्यस्ता चिकित्सकको पनि मृत्यु भएको छ ।

इटालीका मिडियाका अनुसार ३० जना नर्सको समेत मृत्यु भएको छ । साथै अन्य स्वास्थ्यकर्मीको पनि संक्रमणबाट मृत्यु भएको छ । लामो समयदेखि चिकित्सकहरुलाई कुनै रक्षात्मक उपकरण विना नै काममा पठाउनाले उनीहरुको मृत्यु भएको बताइएको छ । इटालीमा १ लाख ३९ हजार भन्दा धेरै संक्रमित हुनुका साथै १७ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *