इरानी सीमा रक्षकले नदीमा जबरजस्ती हामफाल्न लगाएपछि ४५ जना अफगान कामदारको मृत्यु

इरानमा प्रवेश गर्न खोज्ने अफगानी आप्रवासी कामदारलाई इरानी सीमा रक्षकले जबरजस्ती पानीमा हामफाल्न लगाउँदा ४५ जनाको मृत्यु भएको अफगानिस्तानले जनाएको छ।घटनाको छानबिन गरिरहेका दुई अफगानका सांसदहरूले ती कामदारहरुलाई इरानी सीमा रक्षकले नदीमा हाम फाल्न लगाइएको बताएका हुन्।

इरानले भने घटना आफ्नो देशबाट हुन नसक्ने भन्दै अस्वीकार गरेको छ। घटनाले व्यापार, आर्थिक र सांस्कृतिक सम्बन्धका साझेदार दुई मुलुकबिच कूटनीतिक संकट उत्पन्न भएको छ।

अफगानिस्तानका अधिकारीहरूले बिहीवार जनाए अनुसार दुई दिनमा उनीहरुले इरान र अफगानिस्तानको सीमानामा पर्ने हरिरुद नदिबाट १२ जनाको शव फेला पारेका छन्।योसँगै मृतक संख्या १७ पुगेको छ।अफगानिस्तानका अधिकारीहरू र डुब्नबाट बचेका मानिसहरूका अनुसार उक्त घटना मे १ मा भएको हो।

‍सांसद हबीबुर्रहमान पिद्रमले घटनामा बाँचेका मानिसहरुले ५७ जना कामदार इरान प्रवेश गर्ने क्रममा इरानी सीमा गार्डले पक्राउ गरेको जानकारी आफूलाई दिएको बताए।पक्राउपछि २४ घण्टा हिरासतमा राखिएका उनीहरूलाई नदीको किनारमा लगेर कुटपिट गरेर नदीमा हामफाल्न लगाइएको थियो।

हाम नफाले गोली हान्ने धम्की दिएपछि उनीहरू बाध्य भएर हामफालेका थिए।नदीमा जबरजस्ती हामफालेका ५७ जना मध्ये जम्मा १२ जना बाँच्न सफल भएको बाँकी ४५ जनाको मृत्यु भएको पिद्रमको अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *