उदयपुरको भुल्केमा स्थानीयमा मनोवैज्ञानिक र स्वास्थ्य दुबै समस्या देखियो

उदयपुर , १२ वैशाख । कोरोना संक्रमित उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा आज स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बस्तीमा कोरोना संक्रमण देखिएपछि स्थानीयमा मनोवैज्ञानिक र स्वास्थ्य दुवै समस्या भएकाले शिविर राखिएको हो । भुल्केको नुरी मस्जिदमा रहेका १२ भारतीय सहित १६ जमाती समेत मस्जिदसंगै जोडिएको वस्ती समेतका गरी २८ जना कोरोना सक्रमण पुष्टि भएपछि स्थानीय त्रसित भएका छन । कोरोना संक्रमितको सख्या २८ पुगेसँगै स्थानीयमा त्रास बढको हो ।

जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जीवनारायण मण्डल, अन्य मेडिकल अधिकृत, अस्पतालकै मनोसामाजिक परामर्शकर्ता तथा स्वास्थ्यकर्मीसहितको टोलीले शिविरमा सेवा दिएका छन ।

नेपाली सेनाको १८ नं. बाहिनी अड्डाको खेल मैदानमाको शिविरमा रुघाखोकी, ज्वरो, झाडा पखालादेखि मानसिक उपचारसम्म सेवा दिइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताउनुभयो ।

शिविरमा गर्भवती, सुत्केरी र अन्य समेत ७३ महिला सहित १ सय २५ ले स्वास्थ्य सेवा लिएको प्रमुख सुवेदीले वताए । उनीहरुलाई मनोवैज्ञानिक, सामाजिक र स्वास्थ्य परार्मशसगै निशुल्क औषधि समेत उपलव्ध गराईएको प्रमुख सुवेदीले बताउनु भयो ।

पहिले पटक बैशाख ५ गते भुल्केस्थित नुरी मस्जिदमा रहेका ११ भारतीयसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमा संक्रमण पुष्टि भएयता मस्जिद आसपासका थप ३ सय २१ को स्वाब नमूना संकलन गरी परीक्षण गर्दा बुधबारसम्ममा संक्रमितको संख्या २८ पुगेको हो ।

स्वाब परीक्षण गर्दा पोजिटिभको संख्या बढ्दै गएपछि स्थानीय त्रसित भएका छन । त्राससंगै स्थानीयमा बिभिन्न किसिमका रोग देखा परेपछि शिविर सञ्चालन गरिएको स्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयो ।

इमरजेन्सी सेवा मात्रै दिने भन्दै शिविर राखिएको स्थानीय अनिस मियाँले बताउनुभयो । तर इमरजेन्सीसंगै अन्य विरामीको पनी स्वास्थ परीक्षणका लागि शिविरमा आएको मियाँले वताउनुभयो ।

शिविरमा चिकित्सकले स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि दिएको स्थानीयले वताए । भुल्केमा कोरोना संक्रमण पुष्टि भएका २८ जनाकै कोभिड १९ विशेष अस्पताल विराटनगरको आइसोलेन वार्डमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *