उदयपुरमा चार सय मास्क बाँडेका व्यक्तिमै देखियाे कोरोना, लिनेहरु चिन्तित

उदयपुर । त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा ४ सय मास्क वितरण गरेका व्यक्तिमा नै कोरोना भाइरस संक्रमण देखिएको छ । भुल्केको नुरी मस्जिद आसपासका मास्क वितरण गरेको व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो ।

भुल्केमा टेलर्स संचालन गर्दै आएका ती व्यक्तिले सामुदायिक वनको अर्डरमा ८ सय मास्क तयार पारेका थिए । तयार पारेका मध्ये ४ सय मास्क बासिन्दालाई आफै वितरण व्गरेका थिए । झुल्केका उनले टेलर्स संचालनको अलवा गाई भैसी र बाख्रा खरिद बिक्री समेत गर्दै आएका छन् ।अहिले उनकै परीक्षण रिपोर्ट पोजेभिट देखिएको छ । टेलर्स संचालकमा कोरोना देखिएपछि उनीसँग मास्क लिनेहरु चिन्तित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *