उदयपुरमा थप एकजना सुरक्षाकर्मीसहित दुईजनामा कोरोना पुष्टि, संक्रमितको संख्या एक सय १४ पुग्यो

उदयपुर : उदयपुरमा थप एकजना सुरक्षाकर्मीसहित दुईजनामा कोरोना पुष्टि भएको छ । बिहीबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपाको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा ४० वर्षीय प्रहरी हवल्दार र त्रियुगा नगरपालिका ५ का २१ वर्षीय युवामा कोरोना देखिएको हो ।

उनीहरु दुवैजना त्रियुगा नगरपालिका–३ का मोतिगडास्थित क्वारेन्टाइनमा बस्दै आएका थिए । प्रहरी हवल्दार क्वारेन्टाइनको सुरक्षार्थ खटिएका थिए भने अर्का युवा भारतबाट भर्खर घर आएर क्वारेन्टाइनमा बस्दै आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताए ।

भदौ २२ गते उनीहरुसहित २२ जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षणमा दुईजनाको रिर्पोट पोजिटिभ आएको कार्यालयले जनाएको छ । उनीहरुलाई चौदण्डिगढी नगरपालिका–६ स्थित उदयपुर कोडिभ १९ अस्पताल पठाएको तयारी भइरहेको जनाइएको छ ।

योसँगै उदयपुरमा संक्रमितको संख्या एक सय १४ जना पुगेको छ । त्यसमध्ये ३१ जना महिला ८३ जना पुरुष रहेको प्रमुख सुवेदीले जानकारी दिए । जिल्लामा कोरोना संक्रमित देखिएकामध्ये त्रियुगा नगरपालिकामामा १७ जना महिला र ५० जना पुरुष गरी ६७ जना, बेलका नगरपालिकामा ३३ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा तीनजनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्लामा हालसम्म एक हजार नौँ सय ६ महिलासहित ७ हजार ४ सय ७७ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा एक हजार ८ सय ७६ महिलासहित ७ हजार तीन सय २२ जनाको रिर्पोट आइसकेको र बाँकी एक सय ५५ जनाको आउनेक्रममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हाल ८ जना महिलासहित अठार जना क्वारेन्टाइनमा छन् भने १८ महिलासहित चार सय ५४ जना होम क्वारेन्टाइनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *