एउटा सानो समुदायमै कोरोनासँग लड्ने शक्ति विकास भएको पाइयो

एजेन्सी: भारतको पुणेमा मानिसको सानो समूहमा कोरोना भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता (हर्ड इम्युनिटी) रहेको संकेत मिलेको छ। इन्डियन एक्सप्रेसमा छापिएको खबर अनुसार भारतले आफ्नै तरिकाले गरेको यस अध्ययनमा पुणेका को’रोना संक्रमित मध्ये ८५ प्रतिशत मानिसमा एन्टिबडी रहेको पत्ता लागेको हो।

यसको अर्थ उनीहरूको शरीरमा भाइरससँग लड्ने क्षमता विकास भएको हो। यो अनुसन्धान पुणेका चार ठाउँमा गरिएको हो। गत जुलाई र अगस्टमा गरिएको सर्भेले जनसंख्यामध्ये ५१ प्रतिशत मानिसमा कोरोना संक्रमण भएको पाइएको थियो। सेरो सर्वेबाट समुदाय मा संक्रमण कसरी फैलिरहेको छ भन्ने पत्ता लाग्छ। यस्तो सर्वे भारतका धेरै सहरमा गरिएको छ।

यो नै पहिलो नतिजा हो, जसले मानिसमा कोा’रेना वि’रुद्ध ल’ड्न सक्ने एन्टिबडी रहेको पत्ता लगाएको हो। तर यत्तिकै भरमा समुदायमै काे’राेना वि’रुद्ध ल’ड्ने शक्ति विकास भयाे भनेर ढुक्क हुन नमिल्ने अनुसन्धानकर्ताले बताएका छन् । यसकाे थप अध्ययन जरुरी रहेकाे अनुसन्धानकर्ताकाे भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *