एकै खेपमा ३ मुरी धान बोकेर घर पुर्याएपछी…

लमजुङ । एक जनाले एकपटकमा कति पाथी धान बोक्छन् होला ? १० पाथी, १५ पाथी, एक मुरी । मुरीको धोक्रो बोक्नेहरु बिरलै भेटिन्छन् । लम्जुङमा भने एकजनाले एकै खेपमा ३ मुरी धान बोकेका छन् ।तीनमुरी धान बोकेर खलाबाट घरधनीको घर पुर्याएवापत ४० वर्षिय राजेन्द्र पौडेलले बाजी नै जिते ।

उनले एक एक मुरीले भरिएका तीनवटा धानका थैला एकैपटक नाम्लोको फेरो लगाई बोकेर खलेगरा देखि धानका धनीको घर रहेको स्थानसम्म १५ मिनेटको पैदल दुरीको उकालो बाटो पार गरेको प्रत्यक्षदर्शीहरूले बताए। मध्यनेपाल नगरपालिका– ६ को गुम्बाबेसी गाउँका ४० वर्षीय राजेन्द्र पौडेलले बाजी जितेपछि स्थानीयले नगद पुरस्कारका साथ पुरस्कृत गरेका छन् ।

तीन मुरीमा ६० पाथी हुन्छ । गुम्बाबेसीका देव गिरी सन्यासीको दाइँमा सहयोग (पर्म लगाई) गर्न गएका राजेन्द्रले दाइँ सकिए पछि एकैपटकमा ३ मुरी धान बोके पछि उनलाई पुरस्कृत गरिएको सोही दाइँमा रहेका स्थानीय धु्रु वराज पौडेलले बताए । उनले भने, ‘राजेन्द्रले ३ मुरी धानको खलोबाट बोकेर देव गिरी सन्यासीको घरसम्म पुर्याएका हुन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *