एसईई परीक्षा गर्नैपर्ने बाध्यता छ : परीक्षा बोर्ड

काठमाडौं । लकडाउनका कारण स्थगित भएको एसईई परीक्षा गर्नैपर्ने बाध्यता भएको राष्ट्रिय परीक्षा बोर्डले बताएको छ । आन्तरिक मूल्याङ्कन गरेर अंक दिनुपर्ने भन्ने आवाज उठिरहँदा बोर्डले शिक्षा ऐन अनुसार परीक्षा गर्नैपर्ने बताएको हो ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि भट्टराईले कानुनमा परीक्षा लिने व्यवस्था रहेकाले कानुनको संशाेधन नगरी आन्तरिक मूल्याङ्कनको आधारमा अंक दिन नमिल्ने स्प्रष्ट पार्नुभयो ।

शिक्षा पत्रकार सञ्जाल नेपालले आइतबार गरेको भिडियो अन्तरक्रिया कार्यक्रममा बोर्ड अध्यक्ष पौडेलले भन्नुभयो, ‘परीक्षा नलिने भन्ने विषयमा अहिले कल्पना पनि गर्न सकिँदैन । हामी कानुनको पालना गर्ने निकाय हौँ । कानुनले भने अनुसार परीक्षा लिन्छौँ ।’परीक्षा लिनका लागि उपयुक्त वातावरण निर्माण गरिने अध्यक्ष पाेडेलकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *