ओली बिनाको नेकपाको कल्पना गर्न सकिँदैन : गोकुल बाँस्कोटा

काठमाडौं, १५ वैशाख। नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबिनाको नेकपाको कल्पना गर्नेहरुलाई रामापिथेकसको कथा स्मरण गराएका छन्। सामाजिक सञ्जालमा सक्रिय बाँस्कोटाले आइतबार यस्तो धारणा राखेका हुन्।

नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीको बिकल्प खोजिएको चर्चा चलिरहेका बेला बाँस्कोटाले त्यस्तो दावी गरेका हुन्। नेकपामा स्थायी समितिको बैठक बोलाएर सरकारको समीक्षा गर्नुपर्ने दवाव बढिरहेका बेला प्रधानमन्त्री ओलीनिकटका नेता बाँस्कोटाले यस्तो लेखेका हुन्।

‘ओली नभएको नेकपाको कल्पना गर्ने पनि नेकपामा छन् भने तिनिहरुले चाहेको सबल नेकपाको चित्र कस्तो होला त ?,’ पूर्वमन्त्री बाँस्कोटाले भनेका छन्। उनले केही दिनयता प्रधानमन्त्री ओलीबिरुद्ध सचिवालय नेताहरुको भेला र मिडियामा चलाइएको ओलीबिरोधी अभियानको प्रतिवाद गरेका हुन्।

यस्तो छ बाँस्कोटाको भनाइ

ओली नभएको नेकपाको कल्पना गर्ने पनि नेकपामा छन् भने तिनीहरुले चाहेको सबल नेकपाको चित्र कस्तो होला त ? गणितले राजनीतिको होइन, राजनीतिले गणितको फैसला गर्छ। तिनाउको किनारमा रामापिथेकसको नलिहाड खोजेर बसेको भए मञ्जुश्रीले काठमाडौंमा बस्ती नै बसाउन सक्ने थिएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *