ओली भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताबीचको भेटमा ३ दिनपछि बस्ने स्थायी कमिटीमा छलफल गर्ने एजेण्डाका बारेमा कुराकानी भएको बुझिएको छ ।

प्रधानमन्त्री र अध्यक्षबीच भेटवार्ता भएपनि विषयबारे थाहा नभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले बताए । गत शनिबार बसेको सचिवालय बैठकपछि ओली र प्रचण्डबीच सोमबार पहिलो पटक भएको हो । आईतबारमात्रै अध्यक्ष दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।

२५ गते बस्ने स्थायी समिति बैठकमा पेश गर्ने एजेण्डा तय गर्न २४ गते सचिवालय बैठक बस्दैछ । स्थायी समितिमा छलफल गर्ने एजेण्डा तय गर्ने जिम्मेवारी प्रचण्डले पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *