काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा), केपी शर्मा ओली समूहको सुदूरपश्चिम कार्यकर्ता भेला काठमाडौंमा शुरू हुन लागेको छ। ओली समूहले सुदुरपश्चिम प्रदेशका कार्यकर्ताको भेला काठमाडौंम गर्न लागेको हो।
बबरमहलस्थित कार्की ब्याङ्केटमा शुरू हुने भेलामा राजधानीमा उपलब्ध सुदुरपश्चिम प्रदेशका ओली समूहका नेता कार्यकर्ता सहभागी हुँदैछन्। भेलालाई अध्यक्ष ओली लगायत शीर्ष नेताहरूले भेलाको सम्बोधन गर्ने भनिएको छ।
संसद विघटन र ओलीविरुद्ध प्रचण्ड-नेपाल समूहले काठमाडौं सहित देशैभर विरोध प्रदर्शन गरेको भोलिपल्टै ओली समूहले कार्यकर्ता भेला आयोजना गरेको हो।सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटी तथा सम्पूर्ण जनसंगठनहरूले भेलाआयोजना गरेका हुन् ।