कञ्चनपुर जिल्ला पनि सिल

भारतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि कञ्चनपुरको सीमा क्षेत्र सिल गरेको सशस्त्र प्रहरीले जिल्ला पनि सिल गरेको छ । सशस्त्र प्रहरीले कञ्चनपुर प्रवेश नाका कृष्णपुर नगरपालिका ६ को गुलरिया र पुनर्वास नगरपालिका ११ डोकेबजार क्षेत्रबाट जिल्ला प्रवेश र बाहिरिन दिएको छैन् ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति बीरसिह शाहुले लकडाउनको नीति अनुरुप जिल्ला प्रवेशमा पनि राेक लगाएकाे बताए । ‘हामीले अन्य जिल्लाबाट कञ्चनपुर प्रवेश गर्ने मुख्य दुई नाका गुलरिया र डोकेबजारमा २४ सै घण्टा सशस्त्र प्रहरी खटाएका छौँ, ‘उनले भने, ‘जिल्लामा प्रवेश गर्न र बाहिरिन पनि दिदैनौँ ।’ जिल्ला प्रवेश गर्न नदिएपछि कोरोना संक्रमणको जोखिम न्यूनिकरण हुने अनुमान गरिएको छ । भारतसंग सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरीले थप २ सय २० जनशक्ति परिचालन गरेर कसैलाई पनि प्रवेश गर्न दिएको छैन् ।

१४ सशस्त्र प्रहरीको कोरोना रिर्पोट नेगेटिभ
लकडाउनकै बेला १४ चैत्रमा भीमदत्त नगरपालिका ९ ब्रम्हदेब खल्लामेछेट्टीबाट टुप तरेर नेपाल प्रवेस गरेका बेदकोट नगरपालिका १० चतहरीका ४१ वर्षीया युवकमा कोरोना पृष्टी भए पनि उनलाई नियन्त्रणमा लिने सशस्त्र प्रहरी बलका १४ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । शाहुले संक्रमितलाई पक्राउ गरेर क्वारेन्टाइन पुर्‍याउने १४ जना सशस्त्र प्रहरीसहित जिपका चालक, मालिक र सहचालक गरी १७ जनाकै कोरोना रिर्पोट नेगेटिभ आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *