कटुवा पेस्तोल र तीन थान गोलीसहित दुई जना प्रहरी नियन्त्रणमा

रौतहट, २७ फागुन । रौतहटको गढीमाई नगरपालिका–६ स्थित बागमती नदी नजिकैबाट कटुवा पेस्तोल र एसएलआरको तीन थान गोलीसहित दुई जना प्रहरी नियन्त्रणमा परेका छन् । मंगलबार सर्लाही धनकौल गाउपालिका–६ का २८ वर्षीय राजेश महरा र २१ वर्षीय जयनारायण रामलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा राजेश र जयनारायण साथबाट पेस्तोल र गोली भेटाएको हो । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतोका अनुसार प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा पेस्तोल र गोली फेला परेको हो । यो विषयमा अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *