कतारबाट स्याङ्जा फर्किएका एक व्यक्तिका श्रीमतिको स्वाब परीक्षणमा

स्याङजा, २१ चैत । कतारबाट गत फागुन २६ गते फर्किएका एक व्यक्तिका श्रीमतिलाई कोरोना भाइरससंग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाब परीक्षण थालिएको छ ।

स्याङ्जा चापाकोट नगरपालिकालकाकी ३४ वर्षीया महिलालाई ज्वरो आएपछि गह्रौं प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकाे थियाे । त्यहाँ परीक्षण गर्दा शंकास्पद लक्षण देखेपछि उनको स्वाब परीक्षण गर्न आज पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको हो ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले हाल ती महिलासहित उनका श्रीमान र ससुरालाई वालिङको क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो । स्वास्थ्य परीक्षणपछि उनीहरुलाई चापाकोट फिर्ता नपठाई वालिङको क्वारेन्टाइनमा राखिएको पनि कुरुम्बाङको भनाइ छ ।

स्वाब परीक्षणका लागि नमूना पठाइएकी महिलाको श्रीमान फागुन २६ गते कतारबाट नेपाल फर्केर आएका थिए । क्वारेन्टाइनमा राखिएका उनको परिवारमा अन्य कसैलाइ कुनै लक्षण भने नदेखिएकोे वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *