कतारमा तीन सय नेपालीलाई खाद्यान्न

काठमाडौं: कतारमा को;रोना भाइरस (को’भिड –१९)को चपेटामा परेका परेका करिब तीन सय नेपालीलाई खाद्यान्न प्रदान गरिएको छ। को;रोना भाइरसको संक्रमणले आक्रान्त बनाएपछि कतारमा अस्थायी ‘लकडाउन’ लागू हुँदा समस्यामा परेका नेपालीलाई गैर–आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको पहलमा चामल, आँटा, तेल लगायतका खाद्य सामग्री प्रदान गरिएको हो।

को;रोना भाइरसको सं’क्रमणबाट बच्नका लागि कतार सरकारले विभिन्न कम्पनीमा कार्यरत कामदारलाई होम क्वारेन्टीनमा बस्न आग्रह गरेपछि खाद्यान्न संकट निम्तिने अवस्था देखिए पछि रेड क्रसियन्ट सोसाइटी कतार मार्फत खाद्यान्न सहयोग गरिएको गैर– आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका सदस्य एबं राहत सामग्री बितरणमा सक्रिय खोटाङका गजेन्द्र खालिङ राईले जानकारी दिए।

‘लकडाउन’का कारण आवश्यक खाद्यान्न किनमेलमा जान नसक्ने र कार्यरत कम्पनीबाट समयमा तलव नपाउँदा समस्यामा परेका नेपालीको तथ्यांक संकलन गरेर राहत स्वरुप सहयोग जुटाइएको हो। ‘लकडाउन’का कारण खानपिनका लागि सामग्री जुटाउनै सकस पर्न थालेको भन्दै कतिपय नेपाली कामदार गैर–आवासिय नेपाली संघ (एनसिसि) कतारको सम्पर्कमा आएको राईले जानकारी दिए।

पिडित कामदारलाई जनही ३ केजी चामल, २ केजी आँटा, १ लिटर तेल, १ केजी दाल, २ प्याकेट पास्ता, १ लिटर दुध, १ प्याकेट चियापत्ती, ४ क्यान टुना र ५ क्यान टोमाटो पेस्ट प्रदान गरिएको छ । को;रोना भाइरसका कारण कतारमा २० दिनदेखि मुख्या औद्योगिक क्षेत्र सनैया १ नम्बर देखि ३२ नम्बरसम्म अस्थायी रूपमा ‘लकडाउन’ गरिएको छ। नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *