कपिलवस्तुमा थपिए एक जना कोरोना संक्रमित

बुधबार मध्यान्हसम्म दुई जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित दुई जना कपिलवस्तु र बाँकेका छन्।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो भने कपिलवस्तु -५ का निवासी २२ वर्षीय पुरूषमा संक्रमण देखिएको हो। योसँगै कोरोना संक्रमितको संख्या ११९ पुगेको छ।मंगलबार एकैदिन ८३ जनामा कोरोना संक्रमण देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *