कपिलवस्तु अस्पतालको आइसाेलेसनमा मृत्यु भएका युवककाे काेराेना रिपाेर्ट नेगेटिभ

कपिलवस्तु, २५ चैत । कोरोनाको आशंकामा कपिलवस्तु अस्पतालको आइसाेलेसनमा उपचारका क्रममा मृत्यु भएका एक बिरामीको रिपार्ट नेगेटिभ आएको छ । सोमबार साँझ- ८ बजे बिजयनगर गाउँपालिका– २ जलैयाका ३० वर्षे गोभर्धन भरको उपचारका क्रममा मृत्यु भएको थियो ।

उनको स्वाब (नमूना) परीक्षणका लागि प्रादेशिक प्रयोगशल, भैरहवामा २ दिनअघि नै पठाइएको थियो । मंगलबार बिहान आएको प्रतिवेदनमा रिपाेर्ट नेगेटिभ देखिएको अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. किशोर बन्जाडेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *