कम्तिमा एक साता लकडाउन थप्ने सरकारको तयारी

काठमाडौं । लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बुधबार बस्दैछ । ११ बजेपछि बस्ने बैठकले चैत ११ देखि जारी लकडाउनबारे थप निर्णय गर्नेछ। एक मन्त्रीका अनुसार कम्तिमा पनि एक साता लकडाउन थप्ने तयारीमा सरकार छ ।

मंगलबार प्रधानमन्त्रीसहित बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिनुपर्ने सुझाव दिएको थियो । तर पछिल्लो समय कोरोना प्रभावित क्षेत्रहरुको पहिचान गरेर मोडल परिवर्तन गर्न सकिनेबारेमा समेत छलफल हुँदै आएपनि प्रधानमन्त्री केपी ओली लकडाउनलाई अहिलेकै अवस्थामा निरन्तरता दिनुपर्ने पक्षमा छन् ।

लकडाउनको मोडलबारे प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाका भनाइ बाझिएका छन् । मन्त्री थापा लकडाउन लम्ब्याउन नहुने पक्षमा रहेका छन् भने प्रधानमन्त्री लकडाउलाई अझ कडा बनाउदै केही दिन लम्ब्याउने पक्षमा छन् ।

यसअघि घोषण गरेको लकडाउनको समय बैशाख २५ गते सकिँदै छ। नेपालमा कोरोना भाइरसबाट हालसम्म ८२ जनामा संक्रमण देखिएको छ भने १६ जना निको भएर घर फर्किएका छन् ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *