कर्मचारीलाई डेढ महिना सार्वजनिक विदा

काठमाडौं । लकडाउन अवधिमा कर्मचारीलाई दिएको विदालाई सरकारले सार्वजनिक विदा कायम गरेकाे छ ।काेराेना भाइरस (काेभिड-१९) संक्रमणप्रति सतर्कता अपनाउन मुलुक चैत ११ देखि लकडाउन शुरू भएको हाेे । लकडाउन विभिन्न चरण थप गर्दै वैशाख २५ गतेसम्म पुर्याइएकाेे छ । लकडाउन अवधिमा अत्यावश्यक सेवा बाहेक सबै कार्यालय बन्द छ ।

सरकारले विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई लकडाउन अवधिमा दिइएको विदालाई सार्वजनिक विदा कायम गरेको हाे ।मन्त्रालयले लकडाउनमा दिइएको विदालाई सार्वजनिक विदा कायम गरिएको उल्लेख गर्दै सरकारी कार्यालयमा कार्यरत कर्मचारी र मजदुरकाे तलब र सुुुुविधा कटाैैती नहुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *