कश्मीर भीडन्तमा कर्णेल र मेजरसहित पाँच सुरक्षाकर्मीको मृत्यु

कश्मीर : उत्तरी कश्मीर हन्दवारामा शनिबार साँझ आतंककारीसँग भएको भीडन्तमा दुई उच्च सैनिक अधिकृतसहित पाँच सुरक्षाकर्मीको ज्यान गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार एक कर्णेल र एक मेजरसहित पाँच सुरक्षाकर्मीको ज्यान गएको हो ।

भीडन्तमा कर्णेल आशुतोष शर्मा, मेजर अनुज तथा अन्य दुई सैनिकको मृत्यु भएको हो। त्यस्तै एक प्रहरी सवइन्स्पेक्टरको पनि ज्यान गएको छ ।भीडन्तमा दुई आतंककारीको समेत मृत्यु भएको समाचारमा बताइएको छ । शनिबार साँझ हन्दवाराको चन्जमुला क्षेत्रमा भएको उक्त भीडन्तमा मृत्यु हुने सबैको शव त्यहाँबाट निकालि सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *