काठमाडौँ उपत्यका कोरोना बिरामी मुक्तः प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई काठमाडौँ उपत्यका कोरोना बिरामी मुक्त भएको बताएका छन् । कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो भएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको प्रधानमन्त्रीले बताएका छन् ।

उनले डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गरेका छन् । कोरोनाको फैलावट रोक्न परीक्षणको दायरा बढाउन चौतर्फी आवाज उठिरहेको छ । सरकारले परीक्षणको दायरा बढाउँदै लगे पनि त्यो पर्याप्त नभएको जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *