काठमाडौंमा फेरि एक युवकमा काेराेनाकाे आशंका

काठमाडौं । काठमाडौंमा फेरि एक युवामा काेराेना भाइरस संक्रमणकाे आशंका गरिएको छ । कागेश्वरी मनाेहरा नगरपालिका वडा नम्बर ७ मूलपानीका २१ वर्षीय युवकमा काेराेना भाइरस संक्रमण भएको हुन सक्ने आशंका गरिएको हाे ।

मूलपानीस्थित नगर अस्पतालमा मंगलबार र्यापिट टेष्ट गर्दा एक युवकको रिपोर्ट पाेजेटिभ आएको मेयर कृष्णहरि थापाले जानकारी दिनुभएको छ । ती युवक चैत ७ गते दुबईबाट घर फर्किएका हुन् ।

मेयर थापाका अनुसार नगर अस्पतालमा ती युवककाे परिवार र उनको घरमा भाडा बस्नेसहित १६ जनाकाे र्यापिट टेष्ट गरिएकाे छ । अन्य १५ जनाकाे भने रिपोर्ट नेगेटिभ देखिएको छ । तर ती युवककाे मात्र पाेजेटिभ देखिएको हाे ।ती युवककाे रिपोर्ट पाेजेटिभ देखिएपछि थप परीक्षणको लागि टेकु अस्पतालमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *